logo

२०८३ कार्तिक ३० आइतबार

ECAN ललितपुरद्वारा वार्षिक पिकनिक–२०८२ सम्पन्न

ECAN ललितपुरद्वारा वार्षिक पिकनिक–२०८२ सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, १९ माघ २०८२
  • 2K
    SHARES

    ललितपुर , नेपाल शैक्षिक परामर्श संघ (Educational Consultancy Association of Nepal – ECAN) ललितपुर शाखाले आफ्नो वार्षिक पिकनिक–२०८२ मिति २०८२ माघ १७ गते शनिबार (जनवरी ३१, २०२६) चम्पादेवी हिलसाइड रिसोर्ट, बसबारी–४, दक्षिणकाली नगरपालिका मा भव्य रूपमा सम्पन्न गरेको छ।

    कार्यक्रममा ECAN का नव–निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरू, ललितपुर शाखाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पिकनिक कार्यक्रममा हाइकिङ, लाइभ म्युजिक, लाइभ BBQ तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू समावेश गरिएको थियो, जसले सदस्यहरूबीच आपसी सद्भाव, सहकार्य र संगठनात्मक एकता अभिवृद्धि गरेको आयोजकले बताएका छन्।

    कार्यक्रमको औपचारिक सुरुआत ECAN ललितपुरका सचिव श्री विनोद भट्टराई को स्वागत मन्तव्यबाट गरिएको थियो। उनले ECAN ललितपुरले संस्थागत मूल्य, व्यावसायिक आचारसंहिता र परामर्श क्षेत्रको मर्यादा कायम गर्न निरन्तर योगदान दिँदै आएको उल्लेख गरे।

    कार्यक्रमका क्रममा ECAN का नव–निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूलाई सम्मान तथा प्रशंसा गरिएको थियो। यस अवसरमा बोल्दै ECAN केन्द्रीय अध्यक्ष श्री लक्ष्मण एन्ड्र्यू पौडेल ले कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा ECAN ललितपुर लाई धन्यवाद दिँदै संघको मजबुत आधार निर्माणमा ललितपुर शाखाको भूमिका प्रशंसनीय रहेको बताए।

    त्यसैगरी ECAN ललितपुरका अध्यक्ष श्री सनम महर्जन ले उपस्थित सबै सदस्य, अतिथि तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै नव–निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिए। उनले भविष्यमा पनि सदस्य–केन्द्रित, एकतामूलक तथा पेशागत कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जसले ECAN परिवारबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend