logo

२०८३ मंसिर ११ बिहिबार

इक्यान र एइक्यानको नवनिर्वाचित कार्यसमितिलाई फेकनको बधाई

इक्यान र एइक्यानको नवनिर्वाचित कार्यसमितिलाई फेकनको बधाई


हाम्रो राष्ट्र
  • आइतबार, १९ माघ २०८२
  • 2.3K
    SHARES

    काठमाडौं, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) तथा सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान) का नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

    आइतबार अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आयोजित एक विशेष कार्यक्रममा फेकनले दुवै संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै आगामी दिनमा साझा उद्देश्यका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएको हो।

    फेकन अध्यक्ष उमेश कुश्वार को सभापतित्वमा सम्पन्न कार्यक्रममा फेकनका निवर्तमान अध्यक्ष राजु निरौला, कार्यसमिति सदस्यहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा इक्यान अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ सहित नवनिर्वाचित कार्यसमिति र एइक्यान अध्यक्ष किशोर तिवारी सहितको टोलीको पनि सहभागिता थियो।

    कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै फेकन महासचिव दिपेन्द्र पोखरेल ले समान लक्ष्य बोकेका संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको बताए। उनले साझा एजेन्डाका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

    आयोजक फेकनका वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझा ले परामर्श व्यवसायीहरू विभाजित हुँदा राज्यले एकपक्षीय नीति लाद्न सजिलो भएको बताए। “हामी मिलेर अघि बढ्यौं भने हाम्रो एजेन्डा स्थापित गर्न सजिलो हुन्छ,” उनले भने, “साझा हितका लागि सबै संघहरूबीच सहकार्य अपरिहार्य छ।”

    एइक्यान अध्यक्ष किशोर तिवारी ले सुन्दर कार्यक्रम आयोजना गरेकोमा फेकनलाई धन्यवाद दिँदै साझा मुद्दामा सहकार्य गर्न तयार रहेको बताए। उनले फेकन र इक्यान मिलेर ‘कोअर्डिनेसन कमिटी’ गठन गर्न प्रस्ताव गरे। कानुनको अभावमा निर्देशिकाको भरमा चल्दा समस्या आइरहेको भन्दै उनले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन आवश्यक रहेको उल्लेख गरे।

    इक्यान अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले धेरै संघ हुनु समस्याको कारण नभई अवसर भएको बताए। “हामी सबै मिलेर व्यवसायलाई मर्यादित बनाउन सक्छौं,” उनले भने, “गलत काम गर्नेलाई कारबाही गर्ने हिम्मत गरौँ र नीति निर्माणमा हाम्रो आवाज स्थापित गरौँ।” उनले कार्यक्रममा धन्यवाद दिँदै भविष्यमा सहकार्य आवश्यक रहेको बताए।

    फेकनका निवर्तमान अध्यक्ष राजु निरौला ले परामर्श व्यवसायको इज्जत जोगाउन संघ–संस्थाहरूको सहकार्य अपरिहार्य रहेको बताए। दर्ताविना सञ्चालित संस्थाहरू बन्द गरिनुपर्ने, व्यवसायलाई शुद्धीकरण गर्नुपर्ने र ‘स्टडी इन नेपाल’ अभियानलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।

    सभापति उमेश कुश्वार ले परामर्श व्यवसाय क्षेत्रलाई व्यवस्थित बनाउन नवनिर्वाचित कार्यसमितिहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए। विद्यार्थी र अभिभावकको हितलाई प्राथमिकतामा राख्दै यो क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिनुपर्ने उनको भनाइ थियो। विदेशजस्तै विशेष तालिम र मापदण्डपछि मात्रै व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा उनले जोड दिए।

    कार्यक्रमको अन्त्यमा इक्यान र एइक्यानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान पत्र प्रदान गरिएको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend