काठमाडौं । सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा पदमबहादुर आले मगर निर्वाचित भएका छन् ।
एशोसियसनको आगामी दुई वर्षका लागि शनिबार सम्पन्न ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट पदमबहादुर आले मगरले १५६ मतका साथ अध्यक्षमा विजयी भएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार ठाकुर प्रसाद पौडेलले १३८ मत प्राप्त गर्नुभएको थियो ।
एशोसियसनको प्रथम उपाध्यक्षमा प्रेम बहादुर थापा मगर,उपाध्यक्षमा सुनिल तामाङ,महासचिवमा राजकुमार लामा,सचिवमा रामकृष्ण थापा (निर्बिरोध निर्वाचित) कोषाध्यक्षमा लक्ष्मण तामाङ विजयी भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा पदम बहादुर मगर, इन्द्र बहादुर अर्याल ,श्रीराज केसी ,अकबर स्याङतान (कुमार लामा), राज बहादुर थापा , जित मोक्तान, सरोज कुमार लामा ,कमल प्रसाद श्रेष्ठ , ओम शंकर महर्जन निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष आले मगरले नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन र पाककलालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउँदै नेपालको सांस्कृतिक कूटनीतिमा समेत टेवा पुर्याउने दीर्घकालीन योजना अघि बढाउने बताए ।
एशोसियसन अध्यक्ष रेशम कुमार लामा तामाङले नवनिर्वाचित अध्यक्ष पदमबहादुर आले मगर लगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको जानकारी दिनुभयो ।
नेपाल तथा विदेशका तारे होटल तथा रेष्टुराँमा कार्यरत नेपाली सेफ्सहरूको हक, हित र अधिकारको रक्षाका लागि वि.सं २०५३ मा स्थापना भएको एशोसिएसनमा हाल एक हजार पाँच सयभन्दा बढी सदस्य आवद्ध छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend