logo

२०८३ असोज ६ मंगलबार

माछापुच्छ्रे आईबी वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

माछापुच्छ्रे आईबी वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 1.4K
    SHARES

    ललितपुर, ललितपुरको कुसुन्तीस्थित माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलमा कक्षा २ का विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सिर्जनात्मक क्षमता उजागर गर्ने उद्देश्यसहित कक्षा २ क्लास डे कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमको क्रममा विद्यार्थी आयुष घिमिरे का अभिभावक तथा बुबा महेश घिमिरे ले अभिभावक प्रतिनिधिको रूपमा मन्तव्य व्यक्त गर्दै विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले विद्यालयको बालमैत्री वातावरण, शिक्षक–शिक्षिकाको समर्पण र आधुनिक शिक्षण पद्धतिले विद्यार्थीमा आत्मविश्वास, अनुशासन र सिर्जनशीलता विकास भइरहेको बताउनुभयो। साथै यस्ता सह–शैक्षिक कार्यक्रमले बालबालिकाको प्रस्तुति क्षमता र सामाजिक सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

    कार्यक्रमको समापनमामाछापुच्छ्रे आईबी वर्ल्ड स्कूलका प्रमुख कार्यकारी अधिकृत डा. बिनोद यादव ले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा व्यवस्थापन टोलीप्रति आभार प्रकट गर्दै मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल शैक्षिक उत्कृष्टतासँगै सह–शैक्षिक गतिविधिमा पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो।

    विविध सांस्कृतिक नृत्य, गीत, कला प्रदर्शनी तथा विद्यार्थीहरूको आकर्षक प्रस्तुतिले भरिएको उक्त कार्यक्रमले उपस्थित अभिभावक तथा अतिथिहरूको मन जित्न सफल भएको थियो।

    Additional News 

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend