काठमाडौं, भी.एस. निकेतन माध्यमिक विद्यालय, भी.एस. निकेतन शैक्षिक प्रतिष्ठान (सुधा) को व्यवस्थापनमा, VSN Innovator’s Club सँगको सहकार्यमा १ फागुन २०८२ मा आफ्नो ट्यालेन्ट हन्ट २०८२ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष उर्मिला पोख्रेल ले दीप प्रज्वलन गरी गर्नुभयो। यसै अवसरमा प्रधानाध्यापक रन्जित कुमार पाण्डित ले स्वागत भाषण दिनुभएको थियो। उहाँले विद्यार्थीहरूमा प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहन गर्नु विद्यालयको मुख्य उद्देश्य भएको बताउनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, नाटक, गायन र नृत्य प्रदर्शन गरी दर्शकलाई मनोरञ्जन प्रदान गरे। उत्कृष्ट प्रदर्शनकारी विद्यार्थीहरूलाई मेडल र टफी प्रदान गरि सम्मान गरिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, सिर्जनात्मकता र नवप्रवर्तनशील क्षमतालाई प्रकट गर्ने प्लेटफर्म प्रदान गरेको छ भने, विद्यालयको समग्र शिक्षा र विद्यार्थी विकासमा योगदान रहने विश्वास व्यक्त गरिएको छ।
![]()
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend