logo

२०८३ मंसिर ११ बिहिबार

V.S. निकेतनमा वार्षिक पुरस्कार वितरण तथा प्रि–स्कुल ग्राजुएसन समारोह सम्पन्न

V.S. निकेतनमा वार्षिक पुरस्कार वितरण तथा प्रि–स्कुल ग्राजुएसन समारोह सम्पन्न


हाम्रो राष्ट्र
  • बुधबार, ४ चैत्र २०८२
  • 1.9K
    SHARES

    काठमाडौँ: V.S. Niketan Secondary School ले भव्य रूपमा वार्षिक पुरस्कार वितरण तथा प्रि–स्कुल ग्राजुएसन समारोह सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको उद्घाटन विद्यालयकी अध्यक्ष Urmila Pokhrel ले दियो बालेर गर्नुभएको थियो। उद्घाटन पश्चात् राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य Ranjit Kumar Pandit ले विद्यालयले सधैं विद्यार्थीहरूको समग्र विकास लाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले शैक्षिक उत्कृष्टतासँगै नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व विकासमा विद्यालयले जोड दिएको बताउनुभयो।

    अध्यक्ष उर्मिला पोखरेलले आफ्नो मन्तव्यमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै जिम्मेवार र सक्षम नागरिक उत्पादन गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई आत्मविश्वास र दृढताका साथ अघि बढ्न प्रेरित गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

    संस्थापक निर्देशक Dr. Babin Pokhrel ले शिक्षा र चरित्र निर्माण सँगसँगै अघि बढ्नुपर्ने बताउँदै अनुशासन, नैतिकता र ज्ञानलाई जीवनमा आत्मसात गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

    कार्यक्रमको मुख्य आकर्षणको रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिद्वारा पुरस्कार वितरण गरिएको थियो। साथै, विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रमहरूले समारोहलाई थप आकर्षक बनाएको थियो।

    प्रि–स्कुल ग्राजुएसन समारोहले साना विद्यार्थीहरूको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिलाई भावनात्मक रूपमा प्रस्तुत गरेको थियो।

    कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न हुँदै विद्यालयको शैक्षिक उत्कृष्टता र समग्र विकासप्रतिको प्रतिबद्धता पुनः एकपटक झल्काएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend