ललितपुर, माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलले कक्षा १ का विद्यार्थीहरूको सहभागितामा “हाम्रो जिम्मेवारी (Our Responsibility)” शीर्षकको अर्थपूर्ण नाटक कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य होमनाथ आचार्यले गर्नुभएको थियो। उहाँले यस्ता सिर्जनात्मक कार्यक्रमहरूले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थी तथा शिक्षकहरूको प्रयासको प्रशंसा गर्नुभयो।
शुक्रराज मगरको निर्देशनमा प्रस्तुत गरिएको उक्त नाटकले नैतिक शिक्षा र सामाजिक जिम्मेवारीसम्बन्धी सन्देश प्रवाह गरेको थियो। सानै कक्षाका विद्यार्थीहरूले आत्मविश्वासका साथ मञ्चमा प्रस्तुत भएर दर्शकहरूको मन जित्न सफल भएका थिए।
कार्यक्रममा सविन न्यौपानेले नाटकमार्फत नैतिक शिक्षा प्रदान गर्न सकिने उल्लेख गर्दै यसले बालबालिकालाई व्यवहारिक जीवनका जिम्मेवारीहरू बुझ्न सहयोग गर्ने बताउनुभयो।
कार्यक्रमको समापनमा प्राचार्य आचार्यले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend