logo

२०८३ असोज ६ मंगलबार

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता दमकमा शुरु

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता दमकमा शुरु


हाम्रो राष्ट्र
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 1.2K
    SHARES

    दमक, जेठ : नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा २६औँ राष्ट्रिय पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता झापाको दमकस्थित होटल कामाक्ष्यमा शुरु भएको छ। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश तथा झापा जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतियोगिता ६ दिनसम्म सञ्चालन हुनेछ।
    आइतबार सम्पन्न पहिलो चरणका खेलमा मुहान नर्सिङ श्रेष्ठ, एफएम रुपेश जैसवाल र आशीष फूयाँलले विजय हासिल गर्दै सुखद् शुरुआत गरेका छन्। ज्वाला इम्बुङ, सिएम सुश्रुत दाहाल, राजन सुवेदी, रिशोन थापा, सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईले बराबरी खेल्दै समान ०.५ अंक जोडेका छन्।
    महिलातर्फ प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सुशिला गुरुङ, कृतिसारा अधिकारी तथा बिनिता कपाली विजयी भएका छन् भने पुनम प्रसाईं र प्रविशा दवाडीले बराबरी खेल्दै ०.५ अंक प्राप्त गरेका छन्।
    प्रतियोगिताका शीर्ष चार खेलाडी तथा वर्तमान राष्ट्रिय विजेता गरी दुवै विधाका पाँच–पाँच खेलाडी आगामी सेप्टेम्बरमा आयोजना हुने ४६औँ चेस ओलम्पियाडका लागि नेपाली टोलीमा छनोट हुनेछन्।
    हालका राष्ट्रिय शीर्ष तीन खेलाडी तथा राष्ट्रिय ‘बी’ बाट छनोट भएका शीर्ष नौ खेलाडी गरी १२ खेलाडीबीच ११ चरणको राउण्ड रोबिन प्रणालीमार्फत वरियता निर्धारण गरिने आयोजकले जनाएको छ।
    प्रतियोगितामा सहभागी सबै खेलाडीलाई यातायात खर्च, आवास तथा कुल २ लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन सोमबार दिउँसो २ बजे हुने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend