‘रिफर फर रियल–फिफा विश्वकप २०२६’ अभियानका उत्कृष्ट तीन विजेता घोषणा
‘रिफर फर रियल–फिफा विश्वकप २०२६’ अभियानका उत्कृष्ट तीन विजेता घोषणा
हाम्रो राष्ट्र
आइतबार, १० साउन २०८३
702
SHARES
विदेश अध्ययनका लागि विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीले आफ्नो ‘रिफर फर रियल–फिफा विश्वकप २०२६’ अभियानका उत्कृष्ट तीन विजेताको घोषणा गरेको छ। ‘गेम पनि, फ्युचर पनि’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यार्थीहरूले आफ्ना साथीभाइलाई विदेश अध्ययनका लागि रियल ड्रिम्समा सिफारिस गर्दै रेफरल स्कोर संकलन गरेका थिए।
प्रतियोगितामा रोशन चौधरी ७४ रेफरल स्कोरसहित प्रथम, मदन बी.के. ४७ स्कोरसहित द्वितीय तथा कुल खड्का २६ स्कोरसहित तृतीय हुन सफल भएका छन्।
अभियानले विद्यार्थीहरूलाई अध्ययनका अवसरबारे जानकारी फैलाउन प्रेरित गर्नुका साथै उत्कृष्ट रेफरल गर्ने सहभागीलाई सम्मान गर्ने उद्देश्य राखेको थियो।
दिव्या महर्जन प्रधान, काठमाडौं शाखा प्रबन्धक, रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी:- “‘रिफर फर रियल’ अभियानमा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूको सक्रिय सहभागिता, विश्वास र उत्साहले यो अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। विजेता सम्पूर्णलाई हार्दिक बधाई तथा सहभागी सबै विद्यार्थीलाई विशेष धन्यवाद। साथै, अभियान सफल बनाउन दिनरात खटिनुहुने सम्पूर्ण रियल ड्रिम्स परिवारप्रति पनि म हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनमा पनि विद्यार्थीका लागि यस्तै सिर्जनात्मक र अवसरमूलक कार्यक्रमहरू सञ्चालन गर्दै जानेछौं।”
रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीले आगामी दिनमा पनि विद्यार्थी सहभागिता बढाउने तथा अन्तर्राष्ट्रिय शिक्षाका अवसरबारे सचेतना फैलाउने यस्ता नवीन कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।