logo

२०८३ असोज ६ मंगलबार

१० वर्षे सहकार्यको उत्सव: upGrad GSP ले नेपालका उत्कृष्ट Recruitment Partners लाई गर्‍यो सम्मान

१० वर्षे सहकार्यको उत्सव: upGrad GSP ले नेपालका उत्कृष्ट Recruitment Partners लाई गर्‍यो सम्मान


हाम्रो राष्ट्र
  • सोमबार, १ भाद्र २०८३
  • 2.1K
    SHARES

    ललितपुर । नेपालमा १० वर्षे साझेदारी तथा सहकार्यको यात्रा पूरा गरेको अवसरमा ‘Nepal Partners Meet 2026’ आयोजना गरिएको छ। १६ र १७ अगस्ट २०२६ मा ललितपुरको गोदावरी भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा नेपालस्थित शैक्षिक साझेदार, प्रतिनिधि तथा संस्थागत साझेदारहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमको पहिलो दिन होटल चेक–इन तथा प्रतिनिधि दर्तापछि अपग्राड GSP नेपालका कन्ट्री डाइरेक्टर अनिल श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए। त्यसपछि upGrad GSP Nepal Admission Team द्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न प्रतिनिधि तथा संस्थागत साझेदारको परिचय र सम्मान गरिएको थियो।

    कार्यक्रममा उपाध्यक्ष अली बट्टले upGrad GSP को पोर्टफोलियो तथा व्यवसायिक गतिविधिबारे जानकारी दिएका थिए। साथै, नेपालमा upGrad GSP को १० वर्षे यात्रा, महत्वपूर्ण उपलब्धि तथा साझेदारीका विभिन्न पक्षबारे प्रस्तुति गरिएको थियो।

    १०औँ वार्षिकोत्सवको अवसरमा केक काटेर उत्सव मनाइएको थियो भने Top 10 Recruitment Partner Awards – 2026 मार्फत उत्कृष्ट रिक्रुटमेन्ट साझेदारहरूलाई सम्मान गरिएको थियो। साँझको कार्यक्रममा साझेदारहरूको भेटघाट, लाइभ अकस्टिक म्युजिक, मनोरञ्जन तथा नेटवर्किङसहित डिनर आयोजना गरिएको थियो।

    कार्यक्रमको दोस्रो दिन टिम बिल्डिङ तथा मनोरञ्जनात्मक गतिविधिसँगै Partner Roundtable आयोजना गरिएको थियो। राउन्डटेबलमा साझेदारीका अवसर, चुनौती तथा आगामी अपेक्षाबारे छलफल गरिएको थियो। त्यसपछि Menti Meter Quiz, साझेदारहरूको प्रतिक्रिया तथा खुला छलफल आयोजना गरिएको थियो।

    कार्यक्रमको समापनमा मायांक कन्सलले समापन मन्तव्य तथा धन्यवाद ज्ञापन गरेका थिए। त्यसपछि फेयरवेल लन्च, अन्तिम नेटवर्किङ तथा प्रतिनिधिहरूको प्रस्थानसँगै दुईदिने कार्यक्रम सम्पन्न भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend