काठमाडौँ — काठमाडौँको तीनकुनेस्थित भी.एस. निकेतन सेकेन्डरी स्कूलमा “मिस्टर एण्ड मिस फ्रेशर्स” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयको ‘भीएसएन इनोभेटर्स क्लब’ (VSN Innovators’ Club) को आयोजनामा “नयाँ सुरुवातको स्वागत!” भन्ने नाराका साथ नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन संस्थाकी अध्यक्ष उर्मिला पोखरेलले दीप प्रज्वलन गरेर गर्नुभएको थियो। सो अवसरमा विद्यालयका प्रिन्सिपल श्री रञ्जित कुमार पण्डितले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आएका विद्यार्थीहरूलाई लगनशीलता, सिर्जनशीलता र उत्साहका साथ आफ्नो शैक्षिक यात्रा अगाडि बढाउन प्रेरणा दिनुभयो।
विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रदर्शन गर्नुका साथै विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदक (मेडल) तथा प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो। नयाँ अनुभव र ऊर्जाका साथ विद्यार्थीहरूले आफ्नो नयाँ शैक्षिक यात्राको सुरुवात गरेका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend