काठमाडौं । क्यानडाको रोयल रोड्स युनिभर्सिटीका शैक्षिक कार्यक्रम तथा अध्ययन अवसरबारे जानकारी गराउने उद्देश्यले आईसीसीसी पुतलीसडक कार्यालयमा विशेष इन्फो सेसन सम्पन्न भएको छ।
कार्यक्रममा रोयल रोड्स युनिभर्सिटीकी रिजनल एजुकेसन स्पेसलिस्ट श्वेता शर्माले सहभागी विद्यार्थीहरूलाई विश्वविद्यालयका शैक्षिक कार्यक्रम, प्रत्यक्ष भर्नाका आवश्यकताहरू, क्याम्पस जीवन तथा ब्रिटिश कोलम्बियाको भिक्टोरियामा अध्ययनका अवसरबारे जानकारी गराइन्।
कार्यक्रममा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विश्वविद्यालयले उपलब्ध गराउँदै आएका विभिन्न सेवाका विषयमा समेत जानकारी दिइएको थियो। विद्यार्थीहरूलाई विशेष अभिमुखीकरण कार्यक्रम, स्टडी परमिटसम्बन्धी मार्गदर्शन, विद्यार्थी सहायता सेवा तथा अध्ययन पूरा गरेपछि उपलब्ध करिअर तथा पोस्ट–ग्राजुएसन वर्क अवसरबारे जानकारी प्रदान गरिएको थियो।
अन्तरक्रियात्मक रूपमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले भर्ना प्रक्रिया, शैक्षिक कार्यक्रम छनोट, प्रवेश योग्यता, क्यानडामा विद्यार्थी जीवन तथा अध्ययनपछिका अवसरसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। शर्माले विद्यार्थीका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिँदै व्यक्तिगत परामर्शसमेत प्रदान गरेकी थिइन्।
सन् २०१४ देखि नेपालमा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको आईसीसीसीले आयोजना गरेको उक्त इन्फो सेसनले क्यानडामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई रोयल रोड्स युनिभर्सिटीका अवसर र आवेदन प्रक्रियाबारे प्रत्यक्ष तथा उपयोगी जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै अध्ययन, विद्यार्थी सहयोग तथा स्नातकपछि करिअरका सम्भावनाबारे जानकारी लिन पाएकोमा खुसी व्यक्त गरेका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend