काठमाडौं, रसुवा जिल्ला तथा देशका अन्य भागहरूमा आएको विनाशकारी बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति श्रीलङ्का सरकारले नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरेको छ।
आज, अगस्ट २७ मा भएको टेलिफोन कुराकानीमा श्रीलङ्काका विदेशमन्त्री माननीय विजिथ हेराथले नेपालका परराष्ट्रमन्त्री माननीय शिशिर खनालसँग वर्तमान अवस्थाबारे छलफल गर्दै यस कठिन परिस्थितिमा नेपाललाई आवश्यक सहयोग पुर्याउन श्रीलङ्का तयार रहेको जानकारी गराउनुभयो।
छलफलका क्रममा दुवै पक्षबीच विपद् व्यवस्थापन र राहत प्रयासहरूमा सम्भावित सहयोगबारे कुराकानी भएको थियो। श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले खोज तथा उद्धार कार्य र चिकित्सा सुविधाहरू लगायत नेपाललाई आवश्यक पर्ने जुनसुकै विशिष्ट सहयोग पहिचान गरी उपलब्ध गराउन नेपालका सम्बन्धित निकायहरूसँग निकट समन्वय गर्न तयार रहेको जनाएको छ।
आफ्ना प्रियजन गुमाउने परिवारजनप्रति संवेदना व्यक्त गर्दै श्रीलङ्काले नेपाली जनताको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend