logo

२०८३ असोज ६ मंगलबार

उत्तरी नेपालको बाढीपहिरोप्रति पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीद्वारा दु:ख व्यक्त

उत्तरी नेपालको बाढीपहिरोप्रति पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीद्वारा दु:ख व्यक्त


हाम्रो राष्ट्र
  • बिहिबार, ११ भाद्र २०८३
  • 1.1K
    SHARES

    काठमाडौँ – नेपाल-तिब्बत सीमा क्षेत्रनजिकै उत्तरी नेपालमा भीषण बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले गहिरो दु:ख व्यक्त गर्नुभएको छ।

    सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै राष्ट्रपति जरदारीले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। उहाँले यस संकटको घडीमा नेपाल सरकार र नेपाली जनताप्रति पाकिस्तानको पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गर्नुभएको छ। साथै, राष्ट्रपति जरदारीले बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको सुरक्षित उद्धारका लागि प्रार्थना गर्नुभएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend