logo

२०८३ असोज ६ मंगलबार

भोटेकोशी विपद् प्रभावितलाई ग्लोबल गेट एजुकेशनल कन्सल्टेन्सीको रु. ५१,१११ राहत सहयोग

भोटेकोशी विपद् प्रभावितलाई ग्लोबल गेट एजुकेशनल कन्सल्टेन्सीको रु. ५१,१११ राहत सहयोग


हाम्रो राष्ट्र
  • बिहिबार, ११ भाद्र २०८३
  • 4.3K
    SHARES

    काठमाडौं, १५ भदौ (२७ अगस्ट २०२६) — हालै भोटेकोशी क्षेत्रमा आएको बिनाशकारी प्राकृतिक विपद्का कारण प्रभावित बनेका परिवार तथा समुदायप्रति हातेमालो गर्दै ग्लोबल गेट एजुकेशनल कन्सल्टेन्सी (GGEC) ले राहत स्वरूप रु. ५१,१११ (एकाउन्न हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।

    विपद्को यो कठिन घडीमा प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ उक्त रकम सार्वजनिक राहत कोषमार्फत हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

    शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील ग्लोबल गेट एजुकेशनल कन्सल्टेन्सीले व्यावसायिक जिम्मेवारीका साथसाथै सामाजिक उत्तरदायित्व (CSR) लाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ।संस्थाका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, “कठिन परिस्थितिमा विपद्ग्रस्त समुदायको साथमा उभिनु हाम्रो अग्रिम सामाजिक दायित्व हो।

    हाम्रो यो सानो सहयोगले पनि पीडित परिवारको राहत र पुनस्थापनामा केही सहारा पुग्न सके हामीले आफ्नो कर्तव्य पूरा भएको महसुस गर्नेछौँ।”ग्लोबल गेटले भोटेकोशी विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै, उद्धार र राहत कार्यमा अहोरात्र खटिएका स्वयंसेवक, सुरक्षा निकाय तथा विभिन्न संघ-संस्थाहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend