काठमाडौं । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस (EEVS) तथा एक्सपर्ट फाउन्डेसनले नेपालमा विभिन्न समयमा आइपरेका प्राकृतिक विपद् तथा मानवीय संकटका बेला निरन्तर सहयोग गर्दै आएको छ। भूकम्प, बाढी–पहिरो लगायतका विपद्का समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको संस्थाले पछिल्लो समय रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि पनि आर्थिक सहयोग घोषणा गरेको छ।
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय एक्सपर्ट फाउन्डेसनले गरेको छ। बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संस्थाले प्रभावितहरूको शीघ्र राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको जनाएको छ। एक्सपर्टको सामाजिक उत्तरदायित्व विपद् राहतमा मात्र सीमित छैन।
संस्थाका यस्ता सहयोगले विपद्मा परेका तथा आर्थिक रूपमा कमजोर परिवारलाई राहत मात्र नभई कठिन परिस्थितिमा आशा र भरोसा पनि प्रदान गरेको छ। शिक्षा तथा भिसा सेवाका क्षेत्रमा परिचित एक्सपर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहायता, विपद् राहत तथा समुदाय सहयोगलाई समेत निरन्तरता दिँदै आएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend