logo

२०८३ असोज ६ मंगलबार

भोटेकोशी बाढी: पाकिस्तानद्वारा दु:ख व्यक्त, सहायता र ऐक्यबद्धताको प्रतिबद्धता

भोटेकोशी बाढी: पाकिस्तानद्वारा दु:ख व्यक्त, सहायता र ऐक्यबद्धताको प्रतिबद्धता


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ भाद्र २०८३
  • 871
    SHARES

    काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकोप्रति पाकिस्तान सरकारले गहिरो दु:ख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएको छ।

    काठमाडौं र इस्लामाबादमा कूटनीतिक सक्रियता – नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले बुधबार काठमाडौंस्थित परराष्ट्र मन्त्रालय पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ। बाढीपहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजदूत खानले संकटको यस घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउनुभयो।

    यसैबीच, पाकिस्तानको राजधानी इस्लामाबादस्थित नेपाली दूतावास पुगेर पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ। दूतावासमा प्रधानमन्त्री शरीफलाई पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले स्वागत गर्नुभएको थियो।

    सो अवसरमा पाकिस्तानी सूचना मन्त्री अत्ताउल्लाह तरार, प्रधानमन्त्रीका विशेष सहायक सैयद तारिक फातेमी र परराष्ट्र सचिव आमना बलोच लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।सोक सन्देशमा प्रधानमन्त्री शरीफले शोकसन्तप्त परिवारजन र नेपाल सरकारप्रति पाकिस्तानका जनता र सरकारको तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभयो।

    द्विपक्षीय सहयोग र प्रतिबद्धता – यसअघि पाकिस्तानी प्रधानमन्त्री शरीफले नेपाली समकक्षी बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै पूर्ण सहयोग र आपत्कालीन राहत सामग्री पठाउने प्रतिबद्धता जनाउनुभएको थियो।नेपाली राजदूत रीता धितालले विपद्को समयमा पाकिस्तान सरकार र प्रधानमन्त्रीका तर्फबाट व्यक्त सद्भाव तथा सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले पाकिस्तानको यो ऐक्यबद्धता नेपाली जनताले सधैं स्मरण गर्ने बताउँदै दुई देशबीचको विद्यमान द्विपक्षीय सम्बन्धबारे समेत जानकारी गराउनुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend