भक्तपुर, वैदेशिक अध्ययनका लागि बेलायत (UK) जान लागेका विद्यार्थीहरूलाई लक्षित गर्दै भक्तपुर, गठ्ठाघरमा अवस्थित बिज एजुकेसन (Bizz Education) ले ‘UK Pre-Departure Briefing 2026’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। भक्तपुरको गठ्ठाघर चोकस्थित जर्मन होम्स हस्पिटालिटीमा दिउँसो २ बजेदेखि ५ बजेसम्म आयोजना गरिएको उक्त ब्रिफिङ कार्यक्रममा बेलायत उड्ने तयारीमा रहेका ठूलो संख्याका विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिज एजुकेसनका डिरेक्टर हरि कृष्ण कार्कीले विद्यार्थीहरूलाई बेलायत प्रस्थान गर्नुअघि र पुगेपछिका महत्वपूर्ण विषयहरूमा गहन मार्गदर्शन प्रदान गर्नुभयो। डिरेक्टर कार्कीले यात्राका क्रममा साथमा लैजानुपर्ने आवश्यकीय कागजातहरू, हवाइ यात्राका क्रममा ध्यान दिनुपर्ने व्यावहारिक ‘ट्राभल टिप्स’ तथा युनिभर्सिटीको ‘ओरिएन्टेसन वीक’ (Orientation Week) मा सहभागी हुने तरिका र प्रक्रियाबारे विद्यार्थीहरूलाई विस्तृत रूपमा बुझाउनुभयो।
विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विविध सांस्कृतिक तथा रचनात्मक प्रस्तुतिहरू समावेश गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक प्रस्तुति (Musical Performances) प्रस्तुत गर्नुका साथै वैदेशिक अध्ययनको तयारी र बिज एजुकेसनसँगको सहकार्यबारे आफ्ना अनुभवहरू (Student Experiences Sharing Session) साटासाट गरेका थिए।
यसैगरी, कार्यक्रममा एक विशेष भिडियो प्रस्तुति (Video Presentation) मार्फत बिज एजुकेसनको स्थापना, उद्देश्य तथा यस संस्थामार्फत बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सफलताको कथा (Student Success Stories) प्रदर्शन गरिएको थियो।
सन् २००८ मा स्थापना भई युके, नेपाल र अष्ट्रेलियामा आफ्नो सेवा विस्तार गर्दै आएको बिज एजुकेसनले विद्यार्थीहरूलाई केवल भर्ना र भिसा प्रक्रियामा मात्र नभई उनीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्रा र भविष्यको सफलतालाई समेत प्राथमिकतामा राखेर परामर्श प्रदान गर्दै आएको छ। कार्यक्रमको अन्त्यमा उपस्थित विद्यार्थीहरूलाई बेलायतमा सुरक्षित र सुखद अध्ययन यात्राको शुभकामना व्यक्त गरिएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend