काठमाडौँ।
विगत एक वर्षको निरन्तर प्रयास, गहन छलफल र साझा प्रतिबद्धतापछि चाबहिल क्षेत्रका शैक्षिक व्यवसायीहरू संस्थागत रूपमा एकजुट भएका छन्। क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूलाई एउटै साझा मञ्चमा समेट्दै व्यावसायिक हित, एकता र आपसी सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघ (Chabahil Educational Consultancy and Teaching Association – CECTA) को गठन गरी संस्थापक नेतृत्व चयन गरिएको छ।
शैक्षिक परामर्शदाता (Educational Consultancy) देखि ट्युसन सेन्टर तथा अन्य शैक्षिक सेवासँग जोडिएका सम्पूर्ण संस्थाहरूको साझा छाता सङ्गठनका रूपमा स्थापित यस संघको अध्यक्षमा सुदीपराज पुरी चयन हुनुभएको छ।
नवनिर्वाचित संस्थापक कार्यसमिति निम्न बमोजिम रहेको छ:
विगत एक वर्षको दौरानमा विविध दृष्टिकोण, छलफल र योजनाहरूका बीचबाट सही दिशा पहिल्याउँदै संघले आज औपचारिक एवं संस्थागत रूप प्राप्त गरेको हो। भिन्न प्रकृति र क्षेत्रका शैक्षिक संस्थाहरूको हकहित संरक्षण, व्यावसायिक मर्यादा कायम राख्न तथा आपसी विश्वास बलियो बनाउन यो साझा मञ्च कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
स्थापनाको यस ऐतिहासिक मोडमा सम्पूर्ण संस्थापक कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ। साथै, एक वर्ष लामो अभियानमा अमूल्य समय, सुझाव र योगदान पुर्याउने सम्पूर्ण शैक्षिक व्यवसायीहरूप्रति आभार प्रकट गर्दै नयाँ नेतृत्वले सबैलाई समेटेर थप समावेशी र प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास लिइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend