काठमाडौँ — पुतलीसडकस्थित रोजेट्टा एजुकेशन इन्टरनेशनल र कलङ्कीस्थित नेपालय कलेजबीच विद्यार्थीहरूको इन्टर्नसिप, रोजगारीका अवसर तथा करियर तयारी सहयोग विस्तार गर्नेसम्बन्धी समझदारी पत्र (MOU) मा औपचारिक हस्ताक्षर भएको छ।
यस सम्झौताअनुसार रोजेट्टा एजुकेशन इन्टरनेशनलले नेपालय कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई व्यावसायिक अवसर तथा इन्टर्नसिप सहजीकरणका लागि साझेदार संस्थाको रूपमा कार्य गर्नेछ। विशेषगरी B.Sc. CSIT, BCA, BBM, BBS र MBS जस्ता सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका विद्यार्थीहरूलाई लक्षित गर्दै बजारको मागअनुसारको व्यावहारिक सीप विकास, करियर काउन्सिलिङ, क्षमता अभिवृद्धि तालिम तथा जब प्लेसमेन्ट सहायता प्रदान गरिनेछ।
उक्त समझदारी पत्रमा रोजेट्टा एजुकेशन इन्टरनेशनलका प्रबन्ध निर्देशक प्रबिन पौडेल र नेपालय कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुख रमेश विष्टले हस्ताक्षर गर्नुभएको छ।
दुवै संस्थाले कुनै पनि बाध्यात्मक रोजगारीको ग्यारेन्टी बिना नै विद्यार्थीहरूको वृत्तिविकास र व्यावसायिक उज्ज्वल भविष्यलाई प्राथमिकतामा राखी नैतिक तथा छात्र-केन्द्रित मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend