काठमाडौँ — नेपाल सरकारको अनुरोधमा युरोपेली युनियन (EU) को सिभिल प्रोटेक्सन मेकानिज्म (Civil Protection Mechanism) मार्फत ६७ टन विपद् राहत सामग्री नेपाल आइपुगेको छ।
आज आयोजित एक कार्यक्रममा नेपालका लागि युरोपेली युनियनका मनोनीत राजदूत चार्ल्स ह्वाइटली (Charles Whiteley) र जर्मन दूतावासका कार्यवाहक राजदूत बेन्जामिन साइडेल (Benjamin Seidel) ले संयुक्त रूपमा उक्त राहत सामग्री माननीय महावीर पुनलाई हस्तान्तरण गर्नुभयो।
प्राप्त सामग्रीमध्ये जर्मनीले ६१ टन र लक्जमबर्गले ६ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराएका हुन्। राहत सामग्री लिएर थप उडानहरू पनि छिट्टै नेपाल आइपुग्ने जनाइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend