logo

२०८३ असोज ६ मंगलबार

इजरायलद्वारा नुवाकोटका बाढीपीडित समुदायलाई संकटकालीन राहत सहयोग जारी

इजरायलद्वारा नुवाकोटका बाढीपीडित समुदायलाई संकटकालीन राहत सहयोग जारी


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ भाद्र २०८३
  • 962
    SHARES

    काठमाडौँ — नेपालस्थित इजरायली दूतावासले नुवाकोटको विदुर नगरपालिका वडा नं. २, त्रिशूलीका बाढीपीडित समुदायलाई प्रदान गर्दै आएको आपत्कालीन मानवीय सहायतालाई निरन्तरता दिएको छ। बाढीका कारण प्रभावित बनेका परिवार तथा नागरिकहरूलाई लक्षित गरी दूतावासले दोस्रो चरणको राहत कार्यक्रम अन्तर्गत सहयोग उपलब्ध गराएको हो। नेपालका लागि इजरायली दूतावासकी कार्यवाहक राजदूत (Chargé d’Affaires) श्रीमती जनान बेबारले प्रभावित क्षेत्रको प्रत्यक्ष भ्रमण गरी बाढीपीडितहरूलाई ‘इमरजेन्सी गो-ब्याग’ (Emergency Go-Bags) तथा अत्यावश्यक राहत सामाग्रीका बाकसहरू हस्तान्तरण गर्नुभयो।

    राहत वितरणका क्रममा उहाँले बाढीका कारण स्थानीय नागरिकले भोगेको पीडाप्रति सहानुभूति प्रकट गर्दै कठिन परिस्थितिमा नेपाली जनताको साथमा उभिने र सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।यसअघि दूतावासले पहिलो चरणको राहत कार्यक्रम अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं. ६, बैरेनीका बाढी प्रभावितहरूलाई संकटकालीन सहायता सामाग्री वितरण गरेको थियो। दूतावासले नेपाली अधिकारीहरूसँग निरन्तर समन्वय गरी क्षेत्रगत आवश्यकता मूल्याङ्कन गरिरहेको र पुनर्स्थापनाको क्रममा आगामी दिनमा पनि थप सहयोग जारी राख्ने जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend