logo

२०८३ असोज ६ मंगलबार

मन्त्रालयको नयाँ सूचनाप्रति ECAN को गम्भीर ध्यानाकर्षण

मन्त्रालयको नयाँ सूचनाप्रति ECAN को गम्भीर ध्यानाकर्षण


हाम्रो राष्ट्र
  • बुधबार, ३१ भाद्र २०८३
  • 1.4K
    SHARES

    काठमाडौँ — शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा प्रकाशित “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” बमोजिम संस्था दर्ता सम्बन्धी सूचनाप्रति नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    प्रदेशबाट अनुमति पाएका र लामो समयदेखि दर्ताको प्रतीक्षामा रहेका व्यवसायीलाई संघीय दायरामा ल्याउने प्रयासको स्वागत गर्दै सदस्यहरूलाई प्रक्रिया अघि बढाउन सूचित गरिए पनि, नियमावलीका केही प्रावधानहरू अत्यन्त कठोर र अव्यावहारिक रहेको ECAN को ठहर छ। विशेष गरी भवन तथा कक्षाको विस्तृत विवरण, आ.व. २०८२/८३ को कर चुक्ता प्रमाणपत्र, शाखा कार्यालय सञ्चालन अनुमति तथा नाम परिवर्तन लगायतका बुँदाहरूमा संघले गम्भीर असहमति जनाएको छ। ECAN का अध्यक्ष लक्ष्मण पौडेलले विगतका छलफल र संशोधनका प्रस्तावहरूलाई बेवास्ता गर्दै एकतर्फी रूपमा विवादित प्रावधान कार्यान्वयन गर्न खोजिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।

    संघले दर्ता प्रक्रिया सहज बनाउन, नियमावली संशोधन नहुँदासम्म व्यावहारिक अन्तरिम व्यवस्था गर्न, रोकिराखेका नवीकरणपत्र तुरुन्त उपलब्ध गराउन र अन्योल अन्त्यका लागि तत्काल औपचारिक छलफल आयोजना गर्न मन्त्रालयसमक्ष जोडदार माग गरेको छ। द्रष्टव्य: ECAN द्वारा जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिको पूर्ण पाठ संलग्नकमा उपलब्ध गराइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend