logo

२०८३ असोज ७ बुधबार

विपद् र जोखिमको समयमा बालमैत्री स्थानीय शासनको आवश्यकता: सरोकारवाला

विपद् र जोखिमको समयमा बालमैत्री स्थानीय शासनको आवश्यकता: सरोकारवाला


हाम्रो राष्ट्र
  • बुधबार, ७ असोज २०८३
  • 221
    SHARES

    बालअधिकार संरक्षण र दिगो लगानीमा जोड

    जागृति बाल तथा युवा सरोकार नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा ‘बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारको संरक्षण र सञ्चारमाध्यमको भूमिका’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक अशोक खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बालअधिकारकर्मी तारक धितालले कार्यपत्र प्रस्तुत गर्दै बालमैत्री शासनका सूचक, यसका लागि भएका पहलकदमी र समग्र बालअधिकार संरक्षणमा पुर्‍याएको योगदानबारे चर्चा गर्नुभएको थियो।

    तीनै तहको सरकार र सरोकारवालाको साझा अभियान

    कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले हालसम्म ३३ वटा पालिका र १५० वटा वडा बालमैत्री घोषित भइसकेको जानकारी दिँदै यसलाई दिगो बनाउन तीनै तहका सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो। विपद्को समयमा बालबालिका बेचबिखन, बालविवाह, बालश्रम र अनलाइन दुर्व्यवहारको जोखिममा पर्ने भएकाले तत्काल विद्यालय सञ्चालन, मनोविमर्श सेवा र राहत पुनर्स्थापनामा समन्वयकारी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो। संस्थाले रसुवामा ५०० भन्दा बढी प्रभावित परिवारलाई सहयोग पुर्‍याएको समेत जानकारी गराइएको थियो।

    बालमैत्री पूर्वाधार र नीतिगत सुधारको माग

    मञ्चका संयोजक अशोक खनाल, सचिव हरिशचन्द्र घिमिरे तथा नेपाल पत्रकार महासङ्घका प्रतिनिधि र सञ्चारकर्मीहरूसहित ४० जनाको सहभागिता रहेको उक्त छलफलमा नीति, बजेट र भौतिक पूर्वाधारहरू बाल तथा अपाङ्गता मैत्री बनाउनुपर्नेमा जोड दिइयो। साथै, २०६८ को राष्ट्रिय रणनीतिलाई समयसापेक्ष परिमार्जन गर्दै पोषणमैत्री, बालविवाह तथा बालश्रममुक्त अभियानलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने र बाढीपहिरोपछि शिक्षा तथा संरक्षणबाट वञ्चित बालबालिकाको खोजीनीति र पुनर्स्थापनाका लागि सञ्चारमाध्यम तथा नागरिक समाजले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने निष्कर्ष निकालियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend