काठमाडौं – नेपालमा कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिमा आधारित परीक्षा तयारी प्लेटफर्म ‘PrepX’ औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। TAP (The Authorized Partner) को आयोजनामा आगामी डिसेम्बर १८, २०२६ शुक्रबार काठमाडौंमा विशेष कार्यक्रमबीच PrepX को आधिकारिक शुभारम्भ हुने भएको हो।
कार्यक्रम काठमाडौंस्थित बेस्ट वेस्टर्न प्लस होटलको अन्नपूर्ण हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ। आयोजक TAP का अनुसार कार्यक्रममा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शिक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहनेछ।
PrepX लाई नेपालकै उत्कृष्ट एआई प्रविधिमा आधारित परीक्षा तयारी प्लेटफर्मका रूपमा प्रस्तुत गरिएको छ। यस प्लेटफर्मको औपचारिक सुरुवातसँगै नेपाली विद्यार्थीले प्रविधिको प्रयोगमार्फत परीक्षा तयारी गर्ने नयाँ अवसर पाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिनिधि, शैक्षिक परामर्श व्यवसायी तथा अन्य विशिष्ट अतिथिहरूलाई आमन्त्रण गरिएको छ। औपचारिक शुभारम्भसँगै सहभागीहरूका लागि ककटेल पार्टी तथा गाला डिनरको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend