logo

२०८३ मंसिर १२ शुक्रबार

अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीका लागि केबीए ग्लोबलले काठमाडौँमा विशेष कार्यक्रम गर्दै

अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीका लागि केबीए ग्लोबलले काठमाडौँमा विशेष कार्यक्रम गर्दै


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ मंसिर २०८३
  • 455
    SHARES

    काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका नेपाली विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा विशेष शैक्षिक तथा भिसा परामर्श कार्यक्रम आयोजना हुने भएको छ । केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन (KBA Global Education & Migration) को आयोजनामा आगामी डिसेम्बर ८ अर्थात् मंसिर २२ गते बानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो ।

    कार्यक्रममा अष्ट्रेलियाको चार्ल्स डार्विन युनिभर्सिटी (Charles Darwin University – CDU) का रिजनल रिक्रुटमेन्ट अफिसर यतिन बछस (Yatin Bachhas) तथा केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं प्रिन्सिपल माइग्रेसन एजेन्ट शम्भु कँडेल (MARN: 1386072, Australia) सहभागी हुनेछन् । कार्यक्रममा विद्यार्थीहरूले अष्ट्रेलियाको पछिल्लो विद्यार्थी भिसा प्रक्रिया, विश्वविद्यालयमा भर्ना, विषय तथा कोर्स छनोट, छात्रवृत्तिका अवसर र अध्ययनपछिका सम्भावनाबारे सम्बन्धित प्रतिनिधिसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

    विशेषगरी अष्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने तयारीमा रहेका विद्यार्थीको शैक्षिक योग्यता मूल्याङ्कन, विश्वविद्यालय भर्ना तथा छात्रवृत्तिको सम्भावनाबारे समेत परामर्श प्रदान गरिने आयोजकले जनाएको छ ।

    कार्यक्रम दुई सत्रमा सञ्चालन हुनेछ । पहिलो सत्र बिहान १०:३० देखि दिउँसो १२:३० बजेसम्म र दोस्रो सत्र दिउँसो १:३० देखि ३:३० बजेसम्म सञ्चालन हुने बताइएको छ ।

    अष्ट्रेलियासँगै न्यूजिल्यान्ड, बेलायत, अमेरिका, क्यानडा तथा दक्षिण कोरियालगायतका देशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई समेत केबीए ग्लोबलले शैक्षिक तथा भिसासम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।

    अष्ट्रेलियाको विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आफ्नो शैक्षिक योग्यता, रुचि र भविष्यको योजनाअनुसार उपयुक्त अध्ययन गन्तव्य छनोट गर्न चाहने विद्यार्थीका लागि यो कार्यक्रम महत्वपूर्ण अवसर बन्ने केबीए ग्लोबलका बिजनेस डेभलपमेन्ट डाइरेक्टर विनोद दाहालले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend