logo

२०८३ साउन १४ बिहिबार

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छः अध्यक्ष ओली

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताएका छन् ।

    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट शुक्रबार ‘मिसन ग्रासरुट’ को भर्चुअलरुपमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको बताएका हुन् ।

    उनले चक्रव्यूहलाई तोडेर अघि जानुपर्ने अहिलेको अवस्था रहेको बताए । अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

    अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षड्यन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको बताए ।

    उनले भने, ‘निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौं । त्यस्ता समस्या फेरि आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । किनभने राजनीतिक शक्तिहरु तिनै छन् र, राजनीतिक शक्तिहरुको प्रवृत्ति पनि उही छ । उनीहरुको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ ।’

    उनले आगामी ४ वर्ष पछिहुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको स्पष्ट पारे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend