logo

२०८३ साउन १४ बिहिबार

आगलागीमा परी टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु

आगलागीमा परी टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, ६ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    टर्कीको मध्य शहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्प पीडितको आगलागीमा मृत्यु भएको छ । यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान गुमाएका छन् ।

    मारिएका सात जना सिरियाली परिवारका सदस्यहरू रहेको बताइएको छ । अनाडोलु एजेन्सीले प्रत्यक्षदर्शीलाई उदृत गर्दै सम्भवतः रातको समयमा विद्युतीय हिटर वा स्टोभमा आएको खराबीका कारण आगो लागेको हुन सक्ने बताएको छ ।

    सन् २०११ मा अरब देशमा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियाली शरणार्थीहरू हाल टर्कीमा बसिरहेका छन् ।

    टर्कीका अधिकांश सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् । भर्खरै गएको भूकम्पले उनीहरूको पहिलेदेखि नै पीडादायी जीवनमा थप तनाव थपेको छ । फेब्रुअरी ६ मा शक्तिशाली दुईवटा भूकम्पका कारण दक्षिणी टर्कीमा ४० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend