logo

२०८३ असोज ७ बुधबार

बुल्गेरियामा काठ बोकेको ट्रकमा १८ आप्रवासी मृत फेला

बुल्गेरियामा काठ बोकेको ट्रकमा १८ आप्रवासी मृत फेला


हाम्रो राष्ट्र
  • शनिबार, ६ फाल्गुन २०७९
  • 2K
    SHARES

    बुल्गेरियाको राजधानी सोफियानजिकै कम्तिमा १८ जना आप्रवासीहरू ट्रकमा मृत फेला परेका आन्तरिक मन्त्रालयले जनाएको छ ।

    प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको बताइएको छ । आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा अनुसन्धान जारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend