logo

२०८३ साउन १४ बिहिबार

मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता

मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • आइतबार, ७ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । भारतसँग दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली घर फर्केको छ । अआइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

    भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो । यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २–२ को बराबरीमा सकिएको थियो ।

    पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend