logo

२०८३ असोज ८ बिहिबार

सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुखलाई लेख्यो दोस्रो पत्र

सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुखलाई लेख्यो दोस्रो पत्र


हाम्रो राष्ट्र
  • सोमबार, १८ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । प्रहरी प्रधान कार्यालयले सभामुख घिमिरेलाई आइतबार दोस्रो पत्र पठाएको हो ।

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी प्रधान कार्यालयबाट कोइरी पक्राउका लागि सहयोग गर्न पत्र पठाएको जानकारी दिए । प्रहरीले यसअघि गत पुस ७ गते पनि पत्र पठाइएको थियो । तर पुसको पत्रलाई लिएर कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन। अर्कोतिर उनले प्रतिनिधि सभाका केही बैठकमा भाग लिएका थिए।

    पछिल्लो समय उनले आफू बिरामी रहेको भन्दै सभामुखलाई पत्र पठाएका थिए । २०७२ को मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। कोइरीमाथि विकको हत्या आरोप छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend