logo

२०८३ असोज ८ बिहिबार

बजेट अधिवेशन २४ वैशाखमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

बजेट अधिवेशन २४ वैशाखमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    सरकारको सिफारिस अनुसार अब राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गर्नेछन् । वैशाख १५ गते राति १२ बजेदेखि संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

    त्यस्तै बैठकले कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ ।

    विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend