logo

२०८३ असोज ८ बिहिबार

एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पूर्जी जारी

एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पूर्जी जारी


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 962
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    बुधबार काठमाडौं प्रहरीले रायमाझीका बाबु छोराविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति पाएको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिए पछि काठमाडौं प्रहरी परिसरले पक्राउ पूर्जी जारी गरेको हो ।

    प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेको थियो भने बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई यही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend