logo

२०८३ असोज ६ मंगलबार

काठमाडौं-बनारस

काठमाडौं-बनारस उडान पुनः सञ्चालन गर्दै बुद्ध एयर

काठमाडौं-बनारस उडान पुनः सञ्चालन गर्दै बुद्ध एयर


हाम्रो राष्ट्र
  • बिहिबार, २२ बैशाख २०७९
  • 4.2K
    SHARES

    बुद्ध एयरले काठमाडौं-बनारसको उडान पुनः सञ्चालनमा ल्याएको छ। बुद्ध एयरले कोरोना माहामारीका कारण बन्द भएको उडान दुई वर्ष पछि पुनः सञ्चालन गर्न लागेको हो।

    बुद्धका सूचना अधिकारी दीपेन्द्र लाल कर्णका अनुसार आगामी मे २३ तारिखबाट सोमबार र शुक्रबार गरी साताको दुई दिन उडान हुनेछ।

    काठमाडौंबाट बनारसका लागि बुद्धका जहाज बिहान ७: १५ मा उड्नेछ भने बनारसबाट काठमाडौं बिहान ८: ३० बजे उड्नेछ।

    त्यसको केही समयपछि बुधबार पनि उडान गर्ने योजना रहेको सूचना अधिकारी दीपेन्द्रले बताए।

    यसको सुरुवाती एकतर्फी भाडादर आठ हजार पाँच सय ११ रुपैयाँ तोकिएको छ। काठमाडौं-बनारसको हवाई दुरी जम्मा ५० मिनेटको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend