logo

२०८३ साउन १४ बिहिबार

हिराकाजीको ‘पर्खी बस’

हिराकाजीको ‘पर्खी बस’


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । गीतकार हिराकाजी  थापाको ‘पर्खी बस’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश सापकोटाको स्वरमा रहेको गीतमा गीतकार थापाको शब्द,  बिक्रम थापाको संगीत तथा  कुशिल सिंहको एरेन्ज , किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

    आफ्नो प्रेमीलाई पर्खी बसेकी प्रेमीकाको त्याग र चोखो मायालाई देखाइएको सार्वजनिक गीतको भिडियोमा मोडलद्वय विजय पुन मगर र मनिषा लामाको अभिनय छ । एक प्रेमील जोडीको चोखो मायाले भरिएको भिडियोको निर्देशन पनि गीतकार थापाले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरेका हुन् ।

    जसको छायाँकन देव दोर्जे लामाले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिङ नविन निरौलाले गरेका हुन् । निर्देशक थापाका आधा दर्जन बढी भिडियो रिलिजको क्रममा रहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend