logo

२०८३ असोज ८ बिहिबार

नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेकोमा खाणको आपत्ति

नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेकोमा खाणको आपत्ति


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

    शनिबार वक्तव्य जारी गर्दैै उनले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरीदिन सबैमा आग्रह गरेका हुन् ।

    पूर्वगृहमन्त्री खाणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend