logo

२०८३ असोज ८ बिहिबार

सर्वोच्चद्वारा रास्वपासँग ढाकाकुमारलाई कारबाही गर्नुको कारण माग

सर्वोच्चद्वारा रास्वपासँग ढाकाकुमारलाई कारबाही गर्नुको कारण माग


हाम्रो राष्ट्र
  • सोमबार, २५ बैशाख २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    अदालतले यस मुद्दामा श्रेष्ठमाथिको कारबाहीलाई लिएर रास्वपा केन्द्रीय आचरण तथा अनुशासन समितिसँग कारण देखाउन पनि आदेश दिएको छ ।

    श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको ‘कोर टिम’का लागि दुई करोड रुपैयाँ बुझाउने पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मागेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाएको थियो । त्यसविरुद्ध उनी अदालत गएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend