logo

२०८३ असोज ८ बिहिबार

नक्कली शरणार्थी प्रकरण छानविन गर्न शक्तिशाली आयोग गठन गर्न सांसद केसीको माग

नक्कली शरणार्थी प्रकरण छानविन गर्न शक्तिशाली आयोग गठन गर्न सांसद केसीको माग


हाम्रो राष्ट्र
  • सोमबार, २५ बैशाख २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले यस प्रकरणको निष्पक्ष छानविनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्न माग गरेका हुन् ।

    केसीले अन्य मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरु कारबाहीमा परेको भन्दै हाम्रोमा पनि यो घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

    उनले भने,‘बंगलादेशकी प्रधानमन्त्री बेगम खालिदा जियादेखि नवाज सरिफसम्म कारबाहीमा परेका छन् । हाम्रोमा पनि कमसेकम भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गरी निश्चित समयमा टुंगो लगाऔं ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend