logo

२०८३ असोज ८ बिहिबार

टोपबहादुर पार्टीबाट निलम्बित

टोपबहादुर पार्टीबाट निलम्बित


हाम्रो राष्ट्र
  • बुधबार, २७ बैशाख २०८०
  • 949
    SHARES

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ ।

    बुधबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जानकारी दिएका हुन् । रायमाझीका छोरा सन्दीप गत बिहीबार रुपन्देहीमा पक्राउ परेका थिए ।

    तर उनी काठमाडौं आउँछु भनेर गृह जिल्लाबाट हिँडेकोमा त्यसपछि सम्पर्कविहीन छन् । यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend