logo

२०८३ साउन १४ बिहिबार

टोपबहादुर खोज्न सीसीटिभी फुटेज हेर्दै प्रहरी

टोपबहादुर खोज्न सीसीटिभी फुटेज हेर्दै प्रहरी


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी खोज्न संसद सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ ।

    प्रहरीले रायमाझीको बिरामी बिदाको निवेदन लिएर आउने व्यक्तिको पहिचान गर्न संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो । संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेले प्रहरीले मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभीको फुटेज लगेको जानकारी दिए । प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन् ।

    मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । यही प्रकरणमा संलग्न भएको आरोपमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।

    पक्राउ पुर्जी जारी भएका बेला गुल्मीमा रहेका उनी काठमाडौं आउने र अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । तर त्यसपछि उनी सम्पर्कविहीन भएका छन् । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend