logo

२०८३ साउन १४ बिहिबार

भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्नुपर्छः कोइराला

भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्नुपर्छः कोइराला


हाम्रो राष्ट्र
  • शनिबार, ३० बैशाख २०८०
  • 910
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणले देशको शिर निहुरिएको बताएका छन् । शनिबार सामाजिक संजालमार्फत कोइरालाले देशको शिर निहुराउने घृणित कार्यमा संलग्न जो कोहीलाई पनि कानुनको कठघरामा ल्याउनुपर्ने बताएका हुन् ।

    उनले भनेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं । तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’

    कोइरालाले भ्रष्टाचारविरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोवाट उन्मुक्ति दिनुपर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘यो देशको शासक र प्रशासकप्रति आमनागरिकको चरम अविश्वास बढदो छ, यसले हामीले दशकौ संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ । अब समय आएको छ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोवाट उन्मुक्ति दिने।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend