logo

२०८३ असोज ८ बिहिबार

पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी


हाम्रो राष्ट्र
  • आइतबार, ३१ बैशाख २०८०
  • 949
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा शेर्पाबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    प्रहरीका अनुसार यो घटनामा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न थुनुवा भेट्न पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो ।

    उनलाई पक्राउ गर्नका लागि शुक्रबार नै जिल्ला अदालत, काठमाडौंबाट प्रहरीले अनुमति लिएको छ । तर, शेर्पा अहिले बेपत्ता भएका छन् । सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend