logo

२०८३ असोज ८ बिहिबार

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकोमा आरजुको आपत्ति

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकोमा आरजुको आपत्ति


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 962
    SHARES

    काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष आओस् भनेर आफू आतुर रहेको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद राणाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा संलग्न दोषीमाथि चाँडो छानबिन हुनुपर्ने बताएकी हुन् ।  राणाले महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेकोसमेत बताएकी छिन् ।

    उनले भनिन्,‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको छ, यसलाई सरकारले नियमन गर्न सुरु गरोस् । र, मेरो नाममा बनाईएको फेक अडियोका बारेमा सत्यतथ्य बाहिर ल्याओंस् । साँच्चै भन्ने हो यो चरित्र हत्या होइन, दिस इज रेप अफ माइ क्यारेक्टर ।’

    उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो नाम मुछिएर ल्याइएको अडियोका बारेमा तत्काल सार्वजनिक गर्न समेत माग गरेकी छिन् ।

    उनले भनिन्,‘मैले फेक अडियोका बारेमा उजुरी दर्ता गराएको छु, त्यो दर्ता गराउन पनि प्रहरीले मानिरहेको थिएन, हुन त म जतिको मान्छे गए पछि फेक अडियोका बारेमा उजुरी दर्ता सहजै हुन्छ भन्ने लागेको होला, मलाई पनि त्यो उजुरी दर्ता गराउन तीन घन्टा लागेको थियो ।’

    उनले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको भन्दै सो प्रकरणका दोषीलाई कारबाही गर्न पनि राणाले माग गरेकी छिन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend