logo

२०८३ असोज ८ बिहिबार

नक्कली शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याएपछि मात्र थप फायर खोल्ने दिशामा सरकार जानुपर्छः सांसद सापकोटा

नक्कली शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याएपछि मात्र थप फायर खोल्ने दिशामा सरकार जानुपर्छः सांसद सापकोटा


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नक्कली शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न चेतावनी दिएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थीको विषयलाई विषयान्तर नगर्न चेतावनी दिएका हुन् ।

    उनले अन्तर्राष्ट्रिय जगतले चासो दिइरहेकाले सम्पूर्ण रूपमा देश केन्द्रित भएर यो विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले अहिले चलिरहेको मानव तस्करसहितको विषयलाई निष्कर्षमा पुर्याएर थप फाइल खोल्ने दिशामा सरकार जानुपर्ने बताए ।

    उनले भने, ‘अहिले चलिरहेको मानव तस्करसहितको विषयलाई निष्कर्षमा पुर्याएर थप फायरहरू खोल्ने दिशामा सरकार जाओस् । किनकी नक्कली शरणार्थी प्रकरणकाबारेमा सिंगो देश र अन्तर्राष्ट्रिय जगत बहसमा छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend