logo

२०८३ असोज ८ बिहिबार

अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रैः अध्यक्ष ओली

अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रैः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका छन् ।

    बुधबार ३० औं मदन आश्रित स्मृति दिवसको अवसरमा बुधबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले विराटनगरका उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको खुलासा गरेका हुन् ।

    उनले भने,‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी मदन–आश्रितहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो । फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर, यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’

    उनीसँग मदन भण्डारीको हत्याको योजनाका बारेमा आएको प्रस्तावको खोजी गरेमा अपराधी नजिकसम्म पुग्न सकिने ओलीले बताएका छन् । महान सपना बोकेर पनि तिनलाई पूरा गर्न नपाउँदै हत्या गरिएका मदन भण्डारी आदर्श व्यक्ति भएको उनले बताए ।

    उनले मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद (जबज)ले विश्व कम्युनिष्ट आन्दोलनलाई नै सही बाटो देखाउन सफल भएको समेत जनाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend