logo

२०८३ साउन १३ बुधबार

मलाई अझै सम्मानीत सर्वोच्च न्यायलयप्रति भरोसा छ: चौधरी

मलाई अझै सम्मानीत सर्वोच्च न्यायलयप्रति भरोसा छ: चौधरी


हाम्रो राष्ट्र
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । टीकापुर घटनामा सर्वोच्च अदालतबाटसमेत दोषी ठहर भएका रेशम चौधरीले आफू अझै न्यायिक पर्खाइमा रहेको बताएका छन् । डिल्लीबजारमा रहेका चौधरीले विज्ञप्ति जारी गर्दै चौधरीले अझैँ सर्वोच्च न्यायलयप्रति भरोसा रहेको भन्दै न्यायिक पर्खाइमा रहेको बताएका हुन् ।

    पत्नी रञ्जितामार्फत बुधबार  जारी गरिएको विज्ञप्तिमा उनले आफूप्रति न्याय नभए पनि फैसला भने स्वीकार्नुको विकल्प नभएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो भने खुल्लै रहेको उनले बताएका छन् ।

    उनले भनेका छन्, ’मप्रति न्याय नहुन सक्छ तर, त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ। मलाई अझै सम्मानीत सर्वोच्च न्यायलयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मनित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु । म डिल्लीबजार कारागारमा धैर्य,सहनसिलताका साथ कैद भुक्तान गरिरहेको छु! स्वस्थ छु रत्तिभर मन बिचलित छैन, पुस्तक लेखिरहेको छु । केही दिनमा ‘धरातल’’नामक पुस्तकको साथ तपाईँ समक्ष साक्षात हुनेछु भन्दै बिदा चाहन्छु !’

    मंगलबार सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको जन्मकैदको फैसला यथावत् राख्ने फैसला सुनाएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend