logo

२०८३ साउन १३ बुधबार

सबै भ्रष्टाचार काण्डको छानबिन गर्न राप्रपाको माग

सबै भ्रष्टाचार काण्डको छानबिन गर्न राप्रपाको माग


हाम्रो राष्ट्र
  • बुधबार, ३ जेष्ठ २०८०
  • 793
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । तीन दिन बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणसहित सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन राप्रपाको माग छ । बैठकले भ्रष्टाचार निर्मूल पार्न ललिता निवास जग्गा प्रकरण, माओवादी लडाकु शिविरको घोटाला, एनसेल प्रकरण, वाइडबडीलगायत सबै भ्रष्टाचारका काण्डमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend