logo

२०८३ असोज ८ बिहिबार

लडाकू शिविरमा भ्रष्टाचारको आरोप पूर्वाग्रही, प्रमाणित भए जेल जान तयार छुः प्रधानमन्त्री

लडाकू शिविरमा भ्रष्टाचारको आरोप पूर्वाग्रही, प्रमाणित भए जेल जान तयार छुः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै उच्चपदस्त व्यक्तिको सम्पत्ति छानबिन गर्न तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले २०४८ सालयताका सबै उच्चपदस्त व्यक्तिको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्न तयार रहेको बताएका हुन् ।

    प्रधानमन्त्रीले लडाकू शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताए । माओवादी लडाकूको नाममा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान तयार रहेको बताए ।

    तत्कालीन अवस्थामै अडिट रिपोर्ट तयार भइसकेको र भ्रष्टाचार नभएको पुष्टि भइसक्दा अहिले राजनीतिक पूर्वाग्राही ढंगबाट माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको आरोप लगाउने गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend