logo

२०८३ असोज ८ बिहिबार

नक्कली शरणार्थी प्रकरण मात्र होइन, सबै प्रकारका भ्रष्टाचारमाथि छानबिन हुन्छः प्रधानमन्त्री

नक्कली शरणार्थी प्रकरण मात्र होइन, सबै प्रकारका भ्रष्टाचारमाथि छानबिन हुन्छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 975
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरण मात्र नभइ सबै प्रकारका भ्रष्टाचारमाथि छानबिन हुने बताएका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भ्रष्टाचारले देश अप्ठारो ठाउँमा जान लागेकोले सरकार यी सबै भ्रष्टाचारमा छानबिनका लागि पनि अघि बढेको बताएका हुन् ।

    प्रधानमन्त्रीले राजनीतिक दललाई अवसर पनि भएको भन्दै देशमा सुशासन र समृद्धिको एउटा अवसर भएकाले यो गुम्न नदिन राजनीतिक दललाई आग्रह गरे ।

    उनले भने, ‘नक्कली भुटानी शरणार्थीलाई मात्रै होइन अन्य तमामा ठूला घटनाको छानबिन गर्ने र सम्पत्ति शुद्धीकरण र राजस्वमा भएका ठूला चलखेल र पुँजी बजारको सेटिङ भत्काउने गरि छानबिन हुन्छ।’

    प्रधानमन्त्रीले आवश्यक परे विद्यमान ऐनहरुलाई संशोधन गरेर अघि बढ्नु पर्ने बताए । उनलेल भने,‘देश अप्ठ्यारोमा पर्नुको कारण संस्थागत भ्रष्टचार हो । भ्रष्टाचार र विकृतिका विरुद्ध नयाँ अभियानको थालनी गरेर लोकतन्त्र र गणतन्त्रका लागि सुशासनका लागि राम्रो व्यवस्था हो भन्ने बनाउने अवसर छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend