logo

२०८३ असोज ८ बिहिबार

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान हुन्छः प्रधानमन्त्री

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान हुन्छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान गरिने बताएका छन् ।

    बिहीबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले शान्ति सम्झौताको मर्म अनुसार बाँकी काम पुरा गर्ने बताएका हुन् ।

    प्रधानमन्त्रीले जघन्य अपराधमा संलग्न कसैलाई पनि छुट नदिइने स्पष्ट पारे । उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीनका बाँकी काम अब छिट्टै पुरा गर्ने तयारी छ । जघन्य अपराधमा संलग्नलाई कुनै उन्मुक्ति दिँदैनौं । त्यतिबेला गिरिजाप्रसाद कोइरालालाई पनि यो कुरा कन्भिन्स गरेको थिएँ । उहाँले परगिभ र फर्गेट भन्नु हुन्थ्यो । तर मैले मानिन ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend